काठमाडौं। सिंहदरबारमा संसद्को सार्वजनिक लेखा समितिको बैठक जारी छ । सिंहदरबारमा बिहान ११ बजेबाट बैठक बसिरहेको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले टेरामक्सबारे विषय लेखा समितिले टुङ्गो लगाउन नसक्ने दाबी गरेका छन् ।
आजको लेखा समितिको बैठकमा बोल्दै समितिको छलफलले टेरामक्स खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने र यसको लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।
यस्तै खरीद प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउन पर्छ,’ उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरिएको छ । भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’
‘खरिद प्रक्रियाको कागजातमा नेओआलको मोबाइल डाटाबरे सम्पूर्ण तथ्याङ्क लेबनानी कम्पनीलाई दिने भनिएको छ’ उनले भने ‘यसबारे प्रस्ट पारिनुपर्छ । यसबाहेक खरिद प्रक्रिया अधिकांश अपारदर्शिता देखिएको र यी सबै विषय टुङ्गो लगाउनुपर्छ’ बाँस्कोटाले भने ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend