काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयका अनुसार हिजो मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो । शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए ।
इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए ।
इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् । उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् ।
तर संयुक्त राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।
हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend