Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ मा ३ सय ३२ कोरोना सङ्क्रमित थपिए


    सोमबार, कार्तिक ३ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन ।

    थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश  बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् । 

    प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार