Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलद्वारा गाजाकाे शरणार्थी शिविरमा हवाई आक्रमण, ७० जनाको मृत्यु


    सोमबार, पुष ९ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राका अनुसार उक्त क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । इजरायली सेनाले भने आक्रमणको रिपोर्टको संकलनकाे क्रममा रहेकाे बताएकाे छ ।

    हमलामा घाइते भएका दर्जनौँ मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको छ । सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ ।

    प्रवक्ताका अनुसार आक्रमणमा एक घना जनसंख्या भएको आवासीय ब्लक ध्वस्त भएको छ । यसैबीच इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार