Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैदीबन्दीको कोरोनो परीक्षण गर्ने व्यवस्था गर्न माग


    सोमबार, कार्तिक ३ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले नवलपरासीमा रहेको कारागार कार्यालयको अनुगमन गरेको छ ।

    शान्ति समाजले कोरोनाले कारागारमा पारेको प्रभाव, कैदीबन्दीहरुलाई खानेपानी अवस्था,कारागारभित्र रहेका विरामी कैदीबन्दीहरुको उपचारलगायतका विषयलाई लिएर स्थलगत अनुगमन गर्दै सरोकारबालासँग छलफल समेत गरेको छ ।

    समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालको नेतृत्वको अनुगमन टोलीले स्वास्थ्यसम्वन्धी मौलिक हक हनन गर्न नमिल्ने भन्दै कैदीबन्दीले आम नेपाली सरह स्वास्थ्यको मैलिक हक प्रयोग गर्न पाउनु पर्ने ठहर गरेको छ ।

    समाजले कैदीबन्दीले उपयुक्त स्वास्थ्य सुविधा नपाएका देखिएकाले कोरोनो परीक्षण गर्ने तथा अन्य स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार