Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा मात्रै थपिए २३ सय ८८ कोरोना संक्रमित


    सोमबार, कार्तिक ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ कोरोना संक्रमित थपिएका हुन् ।

    आइतबार काठमाडौंमा एक हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० गरी एक हजार ६ सय ९८ कोरोना संक्रमित थपिएका थिए ।

    पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० करोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार