Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार पनि थपिए ३७ सय ९० जना कोरोना संक्रमित


    सोमबार, कार्तिक ३ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप ३ हजार ७ सय ९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५ सय १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४७० जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

    यससँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार