काठमाडौं । दाङमा यात्रुसहितको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको हुँदा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ।
अन्य १२ जना घाइतेहरूको भने तुलसीपुरमै उपचार भइरहेको छ।
बैबाङदेखि तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ७८४८ नम्बरको बस दंगिशरण गाउँपालिका वडा नं. ५ को पोटली चोकनजिकै बिहान साढे १० बजेतिर दुर्घटनामा परेको थियो।
बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेको हुँदा उनको खोजी भैरहेको प्रहरीले बताएको छ।