Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चलचित्र विकास बोर्डका ६ कर्मचारीलाई कोरोना संक्रमण


    सोमबार, कार्तिक ३ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्मचारीलाई कोरोना संक्रमण हुँदा चलचित्र विकास बोर्डको काम प्रभावित भएको छ । योजना महाशाखासहित प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएको हो । 

    बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार योजना महाशाखा प्रमुखसहित ६ जनाका कोरोना संक्रमण भएपछि बोर्डको काम प्रभावित भएको हो । 

    अहिले बोर्डका कामहरु घरबाटै गरिएको र सेवा प्रभावित भएको अध्यक्ष दाहालले बताए । बोर्ड अध्यक्ष दाहाल स्वयं कन्ट्याक ट्रेसिङमा परेका छन् ।

    यस्तै सञ्चार मन्त्रालयलमा नयाँ मन्त्री आएकाले केही काममा ढिलाइ भैरहेको उनले बताए । मन्त्रिपरिषद्ले पछिल्लो समय सञ्चार मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार