Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भरतपुर अस्पतालले होम आइसोलेसनमा बसेकाको कोरोना परीक्षण नगर्ने


    सोमबार, कार्तिक ३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर अस्पतालले कन्टयाक ट्रेसिङमा परेका, लक्षण नभएका र होम आइसोलेसनमा रहेकाहरुको स्वाब संकलन नगर्ने भएको छ।

    सामान्य शरीर दुख्ने, जिरिङ्ग हुने, सामान्य रुघाखोकी बिरामीहरुको पिसिआर परीक्षण गर्न आवश्यक  नभएको अस्पतालले जनाएको छ। 

    ‘अस्पतालमा लक्षण भएका बिरामीहरुको मात्र परीक्षण गरिन्छ,’डा. पाण्डेले भने,’ स्थानीय निकायका कन्टयाक ट्रेसिङमा परेका व्यक्तिहरु आएर भिडभाड बढेकाले अस्पतालको क्लिनिकमा लक्षण भएमा मात्र परीक्षण गराउन पाइन्छ।‘

    ९९ डिग्री भन्दा बढी ज्वरो आएमा, अक्सिजनको कमी भएमा र श्वासप्रश्वासमा समस्या भएमा मात्र परीक्षण गराउन उनले आग्रह गरे।

    bharatpur-1_GHJbUfSAen.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार