काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् । सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सवस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ज्यूलाई आग्रह छ, उनले भने, ‘अधिकार हस्तान्तरण नगरि दिए सदन र सडकबाट सङ्घर्ष गर्छु ।’
उनले संविधानले तोकेअनुसार २५ मेगावाट सम्मको विद्युत् प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार पाउनु पर्ने बताए । उनले भने, ‘त्यसका लागि सङ्घीय सरकार र सङ्घीय संसदसँग सहकार्य सङ्घर्ष दुबै गर्नुपर्ने छ ।’
सवस्टेशन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योगी तथा व्यवसायी ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend