Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु


    सोमबार, कार्तिक ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो ।

    पक्राउपर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ । थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडीबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार