काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने दाबी गरेका छन् ।
आज मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे ।
“आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,” उनले भने ।
उनले आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको जिकिर गरे ।
“मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,” प्रधानमन्त्रीले भने ।
उनले जिम्मेवारी सम्हालेको एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराए । उनले वर्तमान सरकारको नेतृत्व गरेको यही पुस १० गते एक वर्ष पुग्दै छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend