Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री फेरेर भए पनि कामलाई गति दिनेछु : प्रधानमन्त्री प्रचण्ड


    शुक्रबार, पुष ६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने दाबी गरेका छन् ।

    आज मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे ।

    “आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,” उनले भने ।

    उनले आफूले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक जिम्मेवारी लिएपछि सुशासन र सामाजिक न्यायको पक्षमा काम गरेको जिकिर गरे ।

    “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको एक वर्ष पुग्दै छ । योबीचमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको छु,” प्रधानमन्त्रीले भने ।

    उनले जिम्मेवारी सम्हालेको एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराए । उनले वर्तमान सरकारको नेतृत्व गरेको यही पुस १० गते एक वर्ष पुग्दै छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार