Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा कोरोनाबाट मृत्यु हुने दस नाघे


    सोमबार, कार्तिक ३ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गौर । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा  शव व्यवस्थापन गरेको छ ।

    इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो ।

    वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताउनुभयो ।

    चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार