Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खाँदबारीका कृषकलाई आधुनिक हलो वितरण


    सोमबार, कार्तिक ३ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

    नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो । आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको शुरुआत गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाले बताउनुभयो । किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गर्नु भयो ।

    प्रतिहलो रु ६३ हजार २५० मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले जानकारी दिनु भयो । नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ मिनीटिलर रु एक करोड ७७ लाख एक हजार मूल्य बराबरको वितरण गरेको जनाएको छ । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको उहाँको भनाइ छ । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६वटा वडामा एकएक थप गरेर टिलर वितरण गरेको उहाँको भनाइ छ ।नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार