Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्ने तयारी तिब्र


    आइतबार, कार्तिक २ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए ।

    ‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’

    प्रदेश सरकारले पहिलो चरणमा ७ सयदेखि १ हजार प्रहरी भर्ना गर्ने तयारी गरेको छ । मन्त्री यादवका अनुसार ९ हजार ६ सय ५४ जना प्रहरीको दरबन्दी रहेकोमा ७ हजार ३ सय ३५ जना मात्रै कार्यरत छन् । रिक्त दरबन्दीमा पदको पूर्ति गर्नका निम्ति भर्ना आह्वान गरिने उनले बताए ।

    प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने मन्त्री यादवले जानकारी दिए ।

    प्रदेश २ मा प्रहरी ऐन पारित भएको २ बर्ष बितिसकेको छ । २७ असोज २०७५ मा नै प्रदेश सभाबाट यो ऐन पारित भएसँगै प्रहरी गठनको बाटो खुलेको थियो । तर संघीय सरकारले प्रहरी समायोजनसम्बन्धी ऐन निर्माण नगर्दा लामो समयसम्म प्रदेशमा प्रहरी भर्ना हुन सकेन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार