Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो


    बुधबार, पुष ४ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतमा निलम्बित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ । जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

    मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्बित भएका थिए ।

    भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार