काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने भएका छन् । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका उनको सचिवालयले जनाएको छ ।
राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘त्यो योजना अनुसार आज बिहान १० बजे नै उहाँ कार्यालयमा आइसक्नु भएको छ,’ शर्माले भने ।
सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए । ललितपुर महानगरपालिकाको १०५ औं वाषिर्क उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।
प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरुलाई आफू भोलिदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरुलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन पनि भनेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै कार्यालयमा आएको बताए । ‘उहाँ कार्यभार सम्हालेदेखि नै भ्याली बाहिर जाँदा बाहेक प्राय हरेक दिन चाँडै नै कार्यालयमा आउनुहुन्थ्यो, आज त १० बजे नै आउनु भएको छ,’ प्रवक्ता भट्टले भने, ‘अबदेखि सधैं १० बजे नै कार्यालय आउने भन्ने सुनेको छु ।’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend