Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा १ हजार ६९८ जना नयाँ कोरोना संक्रमित


    आइतबार, कार्तिक २ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८  जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    देशभर २ हजार ९४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

    २४ घण्टामा २ हजार ३२६  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।  आज देशभर १२ संक्रमितको मृत्यु भएको छ।

    आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार