Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा भूकम्प जाँदा एक सय भन्दा बढीको मृत्यु


    मंगलबार, पुष ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्त केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा साे संख्यामा मृत्यु भएकाे हाे ।

    भूकम्पमा परी दुई सय भन्दा बढी घाइते भएको बताइएको छ । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

    भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार