काठमाडौं । देशभर कोरोना भाइरसका थप २ हजार ९ सय ४२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १ सय ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहको छ । देशभर ३ सय १ जना आईसीयूमा राखेर उपचार भैरहेको छ ।