Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा पाँच हजार ६८५ काेराेना संक्रमित


    आइतबार, कार्तिक २ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

    प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार