Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम रावलले संसद सचिवालयलाई पत्र लेख्दै भने, ‘मेरो भत्ता फिर्ता लैजानु’


    आइतबार, कार्तिक २ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले आफूलाई दिइएको दशैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्।

    कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिन नहुने रावलको भनाई छ।

    खातामा पठाइसकेको ६४ हजार ७० रुपैयाँ रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने सांसद रावलले उक्त पत्रमा उल्लेख गरेका छन्।

    नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दशैं भत्ताबापतको रकम कट्टी गर्न रावलले माग गरेका छन्।

    यसअघि आजै बिहान ट्वीट गर्दै कुनै पनि जनप्रतिनिधिलाई दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका थिए

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार