Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा प्रहरी हत्याको आशंकामा ११ जना पक्राउ


    आइतबार, कार्तिक २ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद ड्युटीमा निस्किएका थिए ।

    जसमध्ये एकजनाको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । 

    प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दावी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार