Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोहना नदीमा भेटिएको शव असईको भएको पुष्टि, हवल्दार अझै बेपत्ता


    आइतबार, कार्तिक २ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कञ्चनपुर । धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिकको भएको पुष्टि भएको छ । 

    मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक बिकको भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले जानकारी दिए । 

    धनगढी उपमहानगरपालिका–१२ को जुगेडास्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिकको घाँटीमा चोट रहेको उनको भनाई छ । 

    उनीसँगै ड्युटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अज्ञात रहेको छ । चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ । 

    आइतबार बिहान उनीहरूको खोजी गर्दा चौकीबाट १ किमिको दूरीमा उनीहरू चढेको बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल फेला परेको र करिब तीन किलोमिटर दूरीमा रहेको मोहना नदीमा (असई) बिकको शव फेला परेको हो । 

    बेपत्ता साउँदको खोजी कार्य जारी रहेका प्रहरी वरिष्ठ उपरीक्षक सिहले बताए । तस्करहरूसँगको भिडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका प्रहरीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार