काठमाडौं । सुख र सम्पति कमाउने सपनासहित अष्ट्रिया पुगेको एक नेपाली परिवारबाट अनपेक्षित घटना भएको छ । एक नेपाली महिलाले आफ्नै ती सन्तानको हत्या गरेको खबरले सो क्षेत्रका नेपाली समुदायनै निराश भएका छन् ।
ती महिलाले आफ्नै अपार्टमेण्टमा ८ महिने शिशुसहित तीन बच्चाको हत्या गरेको खबर बाहिरिएको हो । लण्बाडनबाट प्रकाशन हुने द सनले यो खबर तयार पारेको छ ।
गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्। चन्द्रा आफ्नो श्रीमानसँग छुट्टिइसकेको सो पत्रिकाको दावी छ ।
केही समय अघिमात्र उनले आफ्नो परिवारभित्र समस्या रहेको भन्दै केही सामाजिक संघसँस्थाका अगुवाहरुसँग सहयोगको लागि याचना गरेकी थिइन्।
शनिबार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले पुष्टि गरेका छन्। दूतावासका अनुसार प्रहरी निरन्तर दूतावासको सम्पर्कमा रहेर अनुसन्धान अघि बढाएको छ।
ती महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरेपछि आत्महत्याको प्रयास गरेकी थिइन्।
प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षीया छोरीहरु रहेको बताएको छ।
प्रहरीले अर्याललाई अनुसन्धानको लागि हिरासतमा लिएको छ। उनीको शनिबार साँझ मेन्टलहेल्थ लगायतको स्वास्थ्य परीक्षण गरिएको बुझिएको छ।