Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालले क्षेत्रीय भेला र प्रशिक्षण गर्ने


    आइतबार, पुष १ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राप्रपा नेपालले मुलुकका सात स्थानहरूमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साे निर्णय गरेकाे हाे ।

    कार्यक्रम अनुसार पौष १२ गते काठमाडौँमा, १६ गते जनकपुरमा , पौष १८ गते बुटवलमा पौष २० गते सुर्खेतमा र २२ गते कञ्चनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

    बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समीक्षा पनि गरेको बताइएको छ । अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल साबित भैसकेको दाबी गर्दै यो त्रुटिपूर्ण मार्गचित्रबाट मुलुकले निकास पाउन नसक्ने उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार