Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु


    आइतबार, कार्तिक २ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका १२ का ५५ वर्षीय  पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । 

    असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । 

    उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबाट पीडित विराटनगर ७ का ८६ वर्षीय वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको हो ।

    उनलाई उपचारका लागि असोज २५ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकका परिवारका सदस्य समेत संक्रमणका कारण होम आइसोलेसनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार