Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा अध्यक्ष कमल थापाको आईसीयूमा उपचार हुँदै


    आइतबार, कार्तिक २ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रममण देखिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखेर उपचार गरिएको छ।

    अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसीयूमा भर्ना गरिएको जनाएको छ। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ।

    त्यस्तै, अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार