काठमाडौं । बैंकर अनिलकेशरी शाहलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शाह अहिले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।
सीइओ शाहले फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको जानकारी दिए। पहिलो पटक गत बुधबार आफूले गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको थियो।
कोरोनाका अन्य लक्षणसमेत भएकाले उनी आइसोलेसनमै थिए । फेरि चिकित्सको सल्लाह अनुसार शनिबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनी बुधबारबाट नै होम आइसोलेसनमा बसेको जानकरी दिएका छन्।
उनले आफ्नो अवस्था सामान्य भएको पनि बताएका छन्।