काठमाडौँ। इजरायल र हमासबीच विगत केही दिनदेखि युद्ध जारी छ। उक्त युद्धका कारण हजारौं मानिसले ज्यान गुमाएका छन्।
त्यस्तै, इजरायली सेनाकै गल्तीका कारण हमासले बन्धक बनाएका ३ जना आफ्नै नागरिक मारिएका छन् । इजरायली डिफेन्स फोर्स गाजाको सेजैयामा भएको लडाइँका क्रममा हमासले बन्धक बनाएका ३ जना मारिएको बताएको छ ।
इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षीय योतम हैम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय एलोन समरिजको मृत्यु भएको हो । उनीहरूलाई ‘खतरा’ का रूपमा पहिचान हुँदा सेनाले कारबाही गरेको जनाएको छ । इजरायली सेनाले यस घटनालाई अफसोचपूर्ण भनेको छ ।
तीनै जनाको शव इजरायल लगिएको पनि सेनाले जनाएको छ । इजरायली सेनाले बन्धक बनाइएका सबै जनालाई फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी सयौंलाई बन्धक बनाएको थियो । त्यसमध्ये अझै पनि सय जनाभन्दा बढी उनीहरूको कब्जामै गाजामा रहेका छन् । जसमा नेपालको कञ्चनपुरका विपिन जोशी पनि रहेको बताइएको छ ।
हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै इजरायली आक्रमणमा १८ हजार ८ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। त्यस्तै द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजारभन्दा बढी घाइते भएका छन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend