काठमाडौँ। इजरायल र हमासबीच विगत केही दिनदेखि युद्ध जारी छ। उक्त युद्धका कारण हजारौं मानिसले ज्यान गुमाएका छन्।
त्यस्तै, इजरायली सेनाकै गल्तीका कारण हमासले बन्धक बनाएका ३ जना आफ्नै नागरिक मारिएका छन् । इजरायली डिफेन्स फोर्स गाजाको सेजैयामा भएको लडाइँका क्रममा हमासले बन्धक बनाएका ३ जना मारिएको बताएको छ ।
इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षीय योतम हैम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय एलोन समरिजको मृत्यु भएको हो । उनीहरूलाई ‘खतरा’ का रूपमा पहिचान हुँदा सेनाले कारबाही गरेको जनाएको छ । इजरायली सेनाले यस घटनालाई अफसोचपूर्ण भनेको छ ।
तीनै जनाको शव इजरायल लगिएको पनि सेनाले जनाएको छ । इजरायली सेनाले बन्धक बनाइएका सबै जनालाई फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी सयौंलाई बन्धक बनाएको थियो । त्यसमध्ये अझै पनि सय जनाभन्दा बढी उनीहरूको कब्जामै गाजामा रहेका छन् । जसमा नेपालको कञ्चनपुरका विपिन जोशी पनि रहेको बताइएको छ ।
हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै इजरायली आक्रमणमा १८ हजार ८ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। त्यस्तै द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजारभन्दा बढी घाइते भएका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend