Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करको समूहद्वारा कैलालीमा प्रहरीको हत्या , एक प्रहरी अझै बेपत्ता


    आइतबार, कार्तिक २ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । एक प्रहरी अझै सम्पर्कविहीन छन् । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए ।

    मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ । एक प्रहरीको शव पानीमा डुबेको अवस्थामा भेटिएको तर ती मृतकको सनाखत हुन नसकेको बताइएको छ । अर्का एकजनाको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताइन्छ।

    प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् । प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    दुवैजना गएराति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्कविहीन भएपछि अन्य प्रहरी टोली खोजीमा निस्किँदा एकजनालाई मृत अवस्थामा फेला पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार