Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बगेर बालकको मृत्यु


    आइतबार, कार्तिक २ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गलकोट ।  बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु¥याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार