Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर होम आइसोलेसनमा २५ हजार ४३८ कोरोना संक्रमित


    शनिबार, कार्तिक १ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको छ। आज देशभर ३८ हजार ७३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबै भन्दा धेरै होम आइसोलेसनमा छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्।

    प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार ९९८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २ हजार २८२, कर्णाली प्रदेशमा ७१९ र सुदुरपश्चिम प्रदेशमा ६२१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    त्यसैगरी, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २९९ रहेको छ। प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२९, प्रदेश २ मा ६६४, बागमती प्रदेशमा ८ हजार १९२, गण्डकी प्रदेशमा ७८१, लुम्बिनी प्रदेशमा १ हजार ७४९, कर्णाली प्रदेशमा ३९८ र सुदुरपश्चिम प्रदेशमा ३८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार