Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाँजासहित  तीन जना पक्राउ


    शनिबार, कार्तिक १ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब पाँच किलो गाँजासहित बरियारपट्टि–१ निवासी गणेश शर्मा, औरही गाउँपालिका–२ तुलसीपुर निवासी श्रवणकुमार यादव र गणेश यादवलाई पक्राउ गरेको हो ।

    स९प ३९१० र स११प ३५४० नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो । 
    –––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार