Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस लिएको अभियोगमा पक्राउ


    शनिबार, कार्तिक १ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालयल मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो । आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।
     
    यस्तै, आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

    थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार