Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बाइडेनको गुनासो- इजरायलले गाजामा अन्धाधुन्ध बम हानेर समर्थन गुमाउँदै गइरहेको छ


    बुधबार, मंसिर २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमवर्षा गरेर इजरायलले विस्तारै विश्वको समर्थन गुमाउँदै गएको टिप्पणी गरेका छन् । मंगलबार आयोजित एक ‘फन्डरेजिङ’ कार्यक्रममा राष्ट्रपति बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बम हानिरहेको बताएका हुन् ।

    अक्टोबर ७ यता हमास-इजरायल संघर्ष चलिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली नेतृत्वको आलोचना गरेका हुन् । हमासले इजरायली भूमिमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै बएको छ ।

    अझै पनि अमेरिका इजरायलकै साथमा रहेको उल्लेख गर्दै बाइडेनले भने, ‘इजरायलको साथमा अमेरिका उभिएको छ । अहिले उसँग अमेरिकाबाहेक अरु पनि छन् । इजरायलसँग युरोपेली युनियन, युरोप छ। उसँग विश्वको अधिकांश हिस्सा छ तर अन्धाधुन्ध बमवर्षाका कारण इजरायलले समर्थन गुमाइरहेको छ ।’

    अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ४ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ । जसमा अधिकांश महिला र बालबालिका रहेका छन् । त्यस्तै हमासको आक्रमणमा करिब १२ सय इजरायलीको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार