Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद


    शनिबार, कार्तिक १ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा करिब साढे २२ किलो सुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । 

    विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारिएकाे प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले बताए । उनका अनुसार सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । 

    प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार