Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समयमा उपचार नपाउँदा गुप्तचरका एसपीको कोरोनाबाट मृत्यु 


    शनिबार, कार्तिक १ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक एसपीले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । बागमती प्रदेश कार्यालयमा कार्यरत एसपी रामहरि शर्माको शुक्रबार मृत्यु भएको हो ।

    समयमा उपचार नपाउँदा उनको मृत्यु भएको विभागका एक कर्मचारीले भए । कोरोना पोजिटिभ देखिएपछि उनी घरमै आइसोालेसनमा बसेका थिए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । ‘सुरुमै अस्पताल लैजान सकिएको भए उहाँलाई बचाउन सकिन्थ्यो,’ विभागका एक कर्मचारीले भने,‘तर, श्वास फेर्न गाह्रो भएपछि मात्र अस्पताल भर्ना गर्ने भन्ने रहेछ, जसकारण उपचार नपाएर उहाँको मृत्यु भयो ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार