जनकपुरधाम। जनकपुरधाममा आजबाट सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव सुरू हुँदै छ ।
त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ ।
आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।
दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम तय गरिएको छ ।
विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ । महोत्सवमा सबैभन्दा ठूलो आकर्षण नै भारतको अयोध्याबाट आउने जन्ती हुन्छ । हुन त यो वर्ष औपचारिक रूपमा यस वर्ष जन्ती आउने छैन । तर अयोध्याका केहि साधु सन्त आउने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ुवैष्णवुले जानकारी दिए ।
माछा, मासु र मदिरा प्रतिबन्ध
विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा/मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।
मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जनकपुरधाम क्षेत्रमा माछा, मासु र मदिरा निषेध गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।
‘जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रशासनले उक्त सूचना विपरीत निषेधित क्षेत्रमा माछा, मासु र मदिरा खरिद विक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend