Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आज प्रधानमन्त्री प्रचण्ड नवलपरासी पश्चिम जादै


    मंगलबार, मंसिर २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम जाने भएका छन् । रामग्रामको पुरातात्त्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ जान लागेका हुन् ।

    उनकाे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुन लागेकाे बताइएको छ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।

    रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार