Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं १ मा  ४६८  सङ्क्रमित थप


    शुक्रबार, असोज ३० २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । प्रदेश नं १ मा  पछिल्लो २४ घण्टाका अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुईदुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको  मन्त्रालयले जनाएको छ ।

     प्रदेशमा आज २२१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार