Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु


    शुक्रबार, असोज ३० २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । कोरोना सङ्क्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो । ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उहाँको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो ।

    सड्क्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार