Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • राष्ट्रपति चुन्नका लागि इजिप्टमा मतदान सुरु


    आइतबार, मंसिर २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कायरो। इजिप्टमा नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

    मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल छ ।

    निर्वाचनमा प्रत्यासी अब्देल फताह अल सिसी विजयी हुने अपेक्षा गरिएको छ। करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ।

    पूर्वसेना प्रमुख रहेका अल सिसी इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार