Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अमेरिकामा गोलीकाण्ड ३ जनाको मृत्यु, १ जना घाइते


    आइतबार, मंसिर २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा हिजो शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ। साथै उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।

    एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।

    घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार