Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचथरमा बोलेरो दुर्घटनाः ६  घाइते


    शुक्रबार, असोज ३० २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फिदिम । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं। १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घाइते भएका छन् ।

    दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार