काठमाडौं । आज ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि दिनभरकै लागि कारोबार बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । ४० मिनेटको ब्रेकपछि कारोबार खुलेको २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो । जहाँ नेप्से १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको छ ।
आज बजार खुलेको ५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढेर ५ प्रतिशत पुगेपछि नेप्सेमा पुनः४० मिनेटका लागि ब्रेक लागेको थियो ।
उक्त शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend