काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।
यस्तैगरी शुक्रबार नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन्।