Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थपिए २४ सय २ जना कोरोना संक्रमित


    शुक्रबार, असोज ३० २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

    यस्तैगरी शुक्रबार नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोरोनालाई जितेर ३ हजार ५ सय २२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार