Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालमा ‘बलात्कारी संगठन’ चलाउने व्यक्ति पक्राउ


    शुक्रबार, असोज ३० २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् ।

    उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याउन लागिएको प्रहरीले स्रोतले बताएको छ । बढ्यो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । 

    यो ग्रुप अश्लिल विषयहरु लेखिएका छन् । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

    बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिसकेको छैन ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार